आज दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार दिउँसो ४ बजे ३० मिनेट आसपासको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
केही सेकेन्डसम्म महसुस गरिएको धक्का धेरै ठूलो भने थिएन ।
३.५ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी मन्दिर आसपास भएको भूकम्प मापन केन्द्रको जानकारी दिएको छ । साे भूकम्प गाेरखा भूकम्पकाे पराकम्प नभइ नयाँ भूकम्प भएकाे जनाइएकाे छ ।
मंगलबार राति पनि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको बताएको थियो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको थियो ।