
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनकालागि निस्वार्थ हुन जरुरी छ ।
आज संझना गरौं न, कक्षाकोठामा सिसाकलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पती साटदासम्म साथ दिएका लिएका मित्रहरुलाई ।
इजांर या इलास्टीक खुकुलो भएको कट्टु समाँउदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौं ।
गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथीएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरुमा सहृदय र सदभाव भएका मित्रहरुको पाइलाका डोबहरु यादगार रहनेगर्दछ ।
हो आज मित्रता दिवस हो । हामी सबै आफ्नो जीवनकालमा कोही न कोही साथीसँग अत्यन्तै प्रिय हुन्छौं ।
केटीएम दैनिकले आज बलिउडका १० साथीको फोटो पोष्ट गर्दैछ जस्ले मित्रताको भाव झल्काउँछ । हेरौं १० फोटोहरु









