
जनकपुर । वीरगञ्जमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका हनुसार संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र तीन जना बाराका रहेका छन् ।
त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।