
काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका पुत्र हृदयेन्द्र शाह आजबाट १९ औं वर्षमा प्रवेश गरेका छन् ।
२०५८ साउन १४ गते काठमाडौंमा जन्मेका हृदयको जन्मदिनको अवसरमा आज उनलाई आफनत , शुभेच्छुक तथा सर्वसाधारणहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् । भाइको जन्मदिनको अवसरमा उनकी दिदी पुर्णिका शाहले सामाजिक सञ्जालमा शुभकामना दिँदै भाइलाई आशिर्वाद दिएकी छिन् ।
कस्तो छ हृदयेन्द्रको भाग्य ?
ज्यो.पं. पद्मभक्त खरेलोपाध्याय, विश्व हिन्दु सम्राट तथा तात्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा पूर्वीय श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकारको नाति तथा पूर्वीय श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव तथा पूर्वीय श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह सरकारको प्रथम पुत्रको रूपमा राजगद्दी उत्तराधिकारी भएर वि.सं.२०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२/४९ बजे अमृत बेलामा पैदा होइबक्सिएका पूर्वीय श्री ५ नवराजाधिराज हृदयेन्द्र वीर विक्रम शाहदेव सरकार जन्म मिति र गतेका आधारमा २०७४ श्रावण १४ गतेदेखि १६ औं वर्षमा प्रवेश गरिबक्सेको छ ।
पारसको संगतबाट नातिनीलाई जोगाउन पूर्वराजा थाइल्यान्डमा
पूर्वीय श्री ५ नवयुवराजाधिराज हृदयेन्द्र राज्यभाव कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ ग्रह पाएर बुधादित्य राज योगमा जन्मिबक्सेको छ । यो राजयोग अझै यथावत् छ । कुनै पनि बेला राजा नभई छोड्ने छैनन्–यो हाम्रो व्यक्तिगत भनाई होइन–शास्त्रीय प्रमाण हो–शास्त्रीय भनाई हो । लघुजातकम् प्रकीर्णाध्यायः का अनुसार ‘क्षेत्राधिपसन्दृष्टे शशिनि नृपस्तत्सुहृद्भिरपि धनवान् ।’ अर्थात् जन्मसमयमा जुन राशिमा चन्द्रमा हुन्छ– त्यहाँ यदि उसको स्वामीको दृष्टि भयो भने राजा हुन्छ ।
या चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि प¥यो भने धनवान हुन्छ । पूर्वीय श्री ५ नवयुवराजाधिराजको जन्मलग्न कुण्डली अनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा हुँदा सबै अरिष्ठहरू नाश भएका छन् भने चन्द्रमा बसेको घर जुन मीन राशि हो–मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा माथिको श्लोकलाई पुष्टि मिलेकाले राजा नभई छोड्ने छैनन् ।
हजूर बुबाको ३ चोटी राजा हुने योग र जातकको राजा नभई नछोड्ने योग रहेको हुँदा राजसंस्था ढिलो चाँडो अवश्य पुनस्र्थापित हुनेछ । जन्मलग्न कुण्डली अनुसार राज्यभाव कर्मभावमा रहेका ४ ग्रहको पूर्णदृष्टि लग्न र सुखभावलाई परेको छ । यसले यी दुबै भावलाई अत्यन्तै प्रवल बनाएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पञ्चम स्थानमा ६ ग्रह, छैठौं स्थानमा चन्द्र र शुक्र र एकादशभावमा राहु रहेको थियो । मौसुफ सिंह लग्नमा जन्मिबक्सेको मकर राशिको होई बक्सिन्थ्यो ।
कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा धेरै ग्रह भएमा जातक पुरुषार्थी हुन्छ भन्ने पनि छ । ४ ग्रह वा त्यो भन्दा धेरै ग्रह कुनै घरमा भयो भने प्रबज्या योग हुन्छ भन्ने पनि छ । प्रबज्या योगको काम वानप्रस्थ हो । यसको अर्थ घरमा सुखपूर्वक बस्न नदिने हो–अर्थात् पुरुषार्थ गरेर देखाउने योग हो ।
पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरुषार्थ गरेर देखायो । यस्तै नवयुवराजको हकमा पनि लागू हुने देखिन्छ । प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरुष राष्ट्र निर्माता किन भए त भन्दा मौसुफको त्यो जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गएका छन् ।
नवयुवराज हृदयेन्द्रको हकमा पनि ४ ग्रहका साथ राज्यभावमा रहेको वृहस्पतिले लग्नलाई पूर्ण देखेको अवस्था छ । पूर्ण दृष्टि भन्नु र लग्नमा रहनु उस्तै–उस्तै कुरा हो । लग्नमा बृहस्पति बस्यो वा लग्नलाई बृहस्पतिले पूर्ण दृष्टि दियो भने के फल प्राप्ति हुन्छ त भन्दा लघुजातकम्मा उल्लेख भए अनुसार ‘सर्वानिमानतिबलःस्फुरदंशुजालो, लगनस्थितः प्रशमयेत् सुरराजमन्त्री ।’ एको बहूनि दुरुतानि सुदुस्तरानि, भक्त्या प्रयुक्त इव शूलधरप्रमाणः ।।’
अर्थात् बलवान देदीप्यमान किरणहरूले युक्त एकमात्र बृहस्पति लग्नमा बस्यो वा त्यसले पूर्ण दृष्टि दियो भने त्यही बृहस्पतिले सम्पूर्ण अरिष्टहरू नाश गरिदिन्छ । जसरी भक्तिपूर्वक शिवजीप्रति गरिएको योग पनि पृथ्वीनारायण शाहकै जस्तो योग हो । अर्को एक प्रमाण अनुसार ‘प्रस्फुरितकिरणजाले स्निग्धामलमण्डले बलोपते । सुरमन्त्रिणि केनुगते सर्वारिष्ट शमं याति ।।’
अर्थात् यदि जन्म समयमा बलवान् बृहस्पति केन्द्रमा होस् त सम्पूर्ण अरिष्टहरू नाश गरिदिन्छ अर्थात् प्राप्त अरिष्टहरूको पनि समाप्त गरिदिन्छ । हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएका छन् । हृदयेन्द्रको दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् ।
दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई शूर वीर गराउँछ–त्यस्तै यसै घरमा बृहस्पतिको युति भएका हुनाले अरूको रक्षा गर्ने रक्षक बनाउँछ भन्नाले राजकुलमा जन्मेका व्यक्ति हुनाले राजा हुन्छन्–मुलुकको संरक्षक हुन्छन् भन्ने अर्थ लाग्छ । बुधादित्य राजयोग पनि राज्यस्थानमा बसेको छ ।
अब राजयोगको चर्चा गर्दा ‘एकोद्रपि नृपतिजन्मप्रदो ग्रहः स्वोच्चगःसुहृद्दृष्टः । बलिभिः केन्द्रोपगतैस्त्रिप्रभृत्तिभिरवनिपालभवः ।। अर्थात् जन्म समयमा यदि स्व–उच्चागत एउटा मात्रै ग्रह आफ्नो मित्र दृष्टि भयो भने जातक राजा हुन्छ । यसबाट परिलक्षित हुन्छ कि ५ भन्दा अधिक निर्वल ग्रह पनि केन्द्रमा होस् त राजकुलोत्पन्न जातक राजा हुन्छ ।
यस्तै ५ भन्दा अधिक बलवान ग्रह केन्द्रमा भयो भने अन्य कुलोत्पन्न जातक पनि राजा हुन्छ । यहाँ हृदयेन्द्रको दशमभावको केन्द्रमा ४ ग्रह रहेको र अष्टमभावको राहुले बाह्यभावलाई पूर्ण दृष्टि दिएकाले देश विदेशबाट सहानुभूति समर्थन हुने हुनाले पनि राजा नभई छोड्ने छैनन् । त्यस्तै अन्य राजयोगको चर्चा गर्दा ‘वर्गोत्तमगे चन्द्रे चतुराद्यैर्वीक्षिते विलग्ने वा । नृपजन्म भवति राज्यं नृपयोगे बलयुतदशायाम् ।।
अर्थात् जन्म समयमा यदि चन्द्रमा या लग्न वर्गोत्तममा होस् वा अन्य चार, पाँच, ६ ग्रह (चन्द्रमालाई छोडेर) दृष्ट होस् त राजाको जन्म हुन्छ अर्थात् जातक राजा हुन्छ । योगकारक ग्रहहरूमा जो बलि (अधिक बलवान) हुन्छ– उस्कै दशा आदि (दशा, अन्तर्दशा) मा राज्य लाभ हुन्छ । यहाँ हृदयेन्द्रको दशमभावको ४ ग्रहले लग्नलाई पूर्ण दृष्टि दिएकाले अवश्य राजा हुनेछन् ।
मौसुफको सम्बन्धित शुभ नाम हृदयेन्द्र भएपनि जन्मकुण्डली अनुसार “दो” बाट नाम जुरेको छ । पराक्रम भाव र राज्यभाव प्रवल भएकाले राजगद्दी पुनप्र्राप्तिलाई बल पु¥याइरहेको छ । अष्टादश कुण्डलीको लागि पृष्ठ तीन हेर्नुहोस् । इति शुभम् ।
चक्षु साप्ताहिकबाट ।