झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित हडिया खोलामा मंगलबार बिहान १० बजे डुबेर ३ वर्षिय बालकको ज्यान गएको छ ।
खोलाको डिलैमा घर भएका महेश राई र माया राईका छोरा मौषम राईको खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज युवराज राईले बताए ।
घरबाट करिब ३०० मिटर तल डुब्दै गरेको अवस्थामा देखेपछि त्यहाँबाट निकालि बुधबारे स्थित लिभिङ होप हस्पिटलमा उपचारको लागि ल्याउँदा ल्याउँदै सो बालकको ज्यान गएको परिवारले जानकारी दिएका छन् ।
मृतकका बुबा हाल रोजगारीको क्रममा विदेश रहेका समेत प्रहरीले जानकारी दिएको छ ।