काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।