गाईघाट । आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोही वडा अध्यक्ष केशरकुमार खड्काले बताए । घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बन्दुक पड्काएर आत्महत्या गरेको भन्ने खवर पाएको पुष्टि गर्दै प्रहरी टोली घट्नास्थलतर्फ पठाएको जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी उपरिक्षक भीम दाहालले जिल्ला र इलाका प्रहरी कार्यालय बाराहाबाट छुट्टाछुट्टै टोली त्यसतर्फ पठाएर अनुसन्धान शुरू गरेको बताए ।