
काठमाडौँको सीतापाइलामा आज साँझ एक युवतीमथि एसिड प्रहार भएको छ ।
ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ ।
घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।
उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।