
कनकाई । कनकाई नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ खर्च गरेको छ । असार मसान्तसम्म नगरले उक्त रकम खर्च गरेको जनाएको छ ।
नगरपालिकाले स्वास्थ्य सम्बन्धि सामग्री खरिदमा १८ लाख ८४ हजार ८ सय ६ रुपैयाँ, खाद्य सामग्री खरिदमा ६० लाख २४ हजार २ सय २२ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा १७ लाख ६९ हजार १ सय ३ रुपैयाँ र अन्य विविध खर्चमा ४ लाख ९० हजार २ सय ४१ रुपैयाँ खर्च भएको जनाएको छ । नगरपालिकामा नगरसहित दाताहरुको गरेर जम्मा १ करोड ११ लाख १२ हजार १ सय १० रुपैयाँ सहयोय प्राप्त भएको थियो ।