
काठमाडौं । काठमाडौंको महाराजगन्जमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका असईको निधन भएको छ।
शनिबार राति तीन सवारी साधन ठोक्किँदा मोटरसाइकलमा सवार असई प्रेमराज पौडेलको मृत्यु भएको हो।
सुकेधारा स्थित हिमाल डेन्टल अगाडि असई पौडेल चढेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।
यस्तै चाबहिलबाट सुकेधारातर्फ आउँदै गरेको बा १ ग २२७८ नम्बरको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते पोडैलको ओम अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।