कोरोना महामारीका कारण बन्द गरिएको एकशिला तीन अवतारको रुपमा पुजिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि आज देखि खुल्ला गरिएको छ ।
शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि आजबाट मन्दिर खुला गरिएको हो ।
सुरक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिएको बताइएको छ ।
तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिएको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए ।
दोलखा बजारमा मनाइने गुल्ना पर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।