प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहिबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।
सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबारबाटै थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
दर्ज्यानी चिह्न लगाएपछि नवनियुक्त प्रहरी महानिरीक्षक क्षत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता जनाएका थिए।
तीसवर्षे सेवा अवधिका कारण ठाकुरप्रसाद ज्ञवालीले बुधबार अवकाश पाएका थिए। क्षेत्रीलाई मंगलबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गरेको थियो।