गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले पुरिएर गाडीमा सवार ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी गाडीमा सवार २ जनाको घटनास्थलमै र एक जनाको युनाइटेडमिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना पुरूष हुन् ।
४ वटा गाडीहरू पहिरोले बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार लु १ क १९२८ नम्बर को टेङकर, लु २ ख १३७६ नम्बरको मिनिट्रक, लु १ च ७०११ नम्बरको कार, लु १ च ७०४३ नम्बरको पिकअप भ्यानलाई पहिरोले पुरेको हो।
तानसेनबाट ऋडीतर्फ जादै गरेका सवारी साधन पहिरोले पुरिएका हुन । बाटो जाम भै लाइनमा बसेका सवारी साधन पुरिएका हुन । गाडीहरु क्षतविक्षत अवस्थामा भीरमा अड्किएका छन ।
र यो पनि पढ्नुहोस् : पाल्पामा गएको पहिरोले ४ वटा गाडी बगायो, २ जनाको शव फेला