गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको मृत्यु भएको छ । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो ।
दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।
मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।
पाँच जना घाइते भएका छन् । घाइते चालक प्रदीप पुन यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।
अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
यस्तै एक साता अघि पर्वतमा पिहरोमा परेर ९ जनाले ज्यान गुमाएका थिए ।
पहिरोले बेंसीशहर–चामे सडक अवरुद्ध
मनाङ जोड्ने बेंसीशहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकास्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए । उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए । बेंसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ ।