इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना एउटै पासोमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
मृत पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन ।
बिहिबार बिहान कसैले थाहा नपाउने गरी उनीहरु घरबाट हिडेका थिए ।
उनीहरु रातीसम्म पनि घर नआएपछि परिवार चिन्तित बनेर उनीहरुको खोजीमा निस्किए ।राती सम्म पनि घर फर्केर नआएपछी आफन्तले खोजी गर्दा आज बिहान उनीहरुलाई मृ-त अवस्थामा भेटेका हुन् ।
शुक्रबार बिहान ११ बजे घर देखी करिब सात सय मिटर पर दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पा-सो लगाइ झु ण्डीएको अवस्थामा भेटिएका थिए ।
परिवारले तत्कालै इलामको प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएर मु-चुल्का उठाएको छ ।
आत्महत्याको कारण भने खुलेको छैन ।