नेपालबाट असारको ७ गते सूर्यग्रहण देखिदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण भएता पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।
यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग,भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदी ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौबाट हेर्दा ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देख्न सकिन्छ।
के हो सूर्य ग्रहण ?
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।
सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।
सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ।
सूर्य र चन्द्रको अवस्था सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ।
यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। यस्तो प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ
चन्द्रग्रहणहेर्दा हाम्रो आखामा कुनै असर गर्दैन भने सूर्यग्रहणहेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ ।
मानिसको आखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थाइरुपमा नै नष्टहुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आँखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्दछ । ग्रहण हेर्नलाई बनाइएको बिशेष चस्मा को प्रयोगगरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्बबनाइ छाया हेर्नु नै हो ।
धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदि तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्ध हुने गर्दछन् भने तान्त्रिकहरु आफ्नो मन्त्र सिद्ध गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।
असार ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह २ वजेर २४ मिनेटमा समाप्त हुदैछ । विहानको १२ वजेर ४१ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्दछौ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुई पटक विहान भएको पो हि कि भन्ने अनुभव सवैले गर्ने छन् ।
ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।
प्राचिन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।
असार ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह २ वजेर २४ मिनेटमा समाप्त हुदैछ । विहानको १२ वजेर ४१ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्दछौ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुई पटक विहान भएको पो हि कि भन्ने जस्तो पनि लाग्न सक्छ ।
यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्या राशि तथा मकर राशी भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरु सूर्य चन्द्र तथा पृथ्वीको सहीदूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् भने हाम्रा साना नानीवाबुहरुका लागि भने विज्ञानमा रुचीपैदा गराउन यस्ता घटनाहरु उपयोगि हुने गर्दछन् ।
सूर्यग्रहण हेर्नचाहने सर्वसाधारण तथा विद्यार्थी जो कोहिलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुशी स्थित तक्षशिला कलेजको छतबाट निः शुल्क तथा सुरक्षित तरिकाबाट भौतिकदूरी कायम गरी ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।
यो जानकारी बरिष्ठ खगोलविद् जयन्त आचार्यले उपलव्ध गराउनु भएको हो । आचार्य वाल्मिक क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ ।