काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका प्रवेश गर्ने दैनिक सयौं सवारी उपत्यकाका नाकाबाट फर्काइएको छ । उपत्यका प्रवेशको लागि गृह मन्त्रालयको सहमतिसहितको पास बिनाको सवारी साधनलाई प्रवेशमा रोकिएको हो ।
सरकारले पसल तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेपछि उपत्यका बाहिरका सर्वसाधरणहरु आउने क्रम बढेको छ । लकडाउन खुकुलो बनाएपनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश रोकिएको छ ।नागढुंगा नाकाबाट मात्र दैनिक सयौं यात्रुलाई प्रहरीले फर्काउने गरेको छ ।
कतिपय उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा समेत प्रवेशको प्रयास गर्ने प्रहरीले जनाएको छ । त्यस्तै साँगा नाकाबाट पनि दैनिक सयौंलाई फकाईने गरिएको भक्तपुरका एसपी सबिन प्रधानले बताए ।
सरकारले २९ जेठदेखि लकडाउनको स्वरुप परिवर्तन गरी मोटरसाइकल तथा निजी सवारी साधन जिल्लाभित्र चलाउन पाइने र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । तर, अन्तर जिल्ला आवातजावातमा भने कडाई कायमै रहेको छ ।