
सरकारले लकडाउन खुकुलो बनाउँदै जाने योजना अनुरुप असारको दोस्रो हप्ताबाट सार्वजनिक यातायात सञ्चालन गर्ने प्रस्ताव गर्न प्रस्ताव गरेको छ । सार्वजनिक यातायात सञ्चालनको मोडालिटीलाई अन्तिम रुप दिने प्रयास भैरहेको जनाइएको छ ।
सरकारले बनाएको प्रारम्भिक मस्यौदामा सार्वजनिक यातायातको आधा सिट प्रयोगमा ल्याइनेछ भने जेष्ठ नागरिक, विद्यार्थी तथा अन्य आरक्षित शुल्क कटौतीमो प्रस्ताव गरिएको छ । अर्थात जेष्ठ नागरिक, विद्यार्थी तथा अशक्त, अपाङ्ग कार्डका आधारमा सार्वजनिक यातायातमा कुनै छुट पाइने छैन् ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सार्वजनिक यातायातमा स्यानिस्टाइजरको प्रयोग अनिवार्य छ भने सवारीमा स्प्रे समेत गर्नुपर्ने छ ।
लामो दुरिका सार्वजनिक यातायात सञ्चालन हुने छैनन् । प्रत्येक सिटमा एकजना मात्रै यात्रु राख्न पाइने देखि भौतिक दुरिको नियमको पनि पूर्ण पालना गर्नुपर्नेछ । मस्यौदालाई अन्तिम रुप दिन यातायात व्यवसायी र सरोकारवालाहरुसँग कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय संयन्त्रले सुझाव संकलन गरिरहेको छ ।
यातायात व्यवसायीले आधा सिटमा मात्र यात्रु चढ्न दिंदा भाडा दर दोब्बर बनाउनुपर्ने यातायात व्यवसायीको माग छ । आधा सिटमा मात्रै यात्रु चढाउँदा अहिले चलेको भन्दा कम्तीमा दोब्बर भाडा वृद्धि गर्नुपर्ने प्रस्तावमा सरकारी अधिकारीहरु पनि सहमत रहेको बुझिएको छ ।
सार्वजनिक यातायात सुरुमा एउटा जिल्लाभित्र मात्रै सञ्चालन गर्न दिइनेछ । काठमाडौ उपत्यकाको हकमा तीनजिल्ला भित्र सञ्चालन गर्न दिने सरकारको योजना छ । यातायात सञ्चालनको लागि उक्त क्षेत्र कोरोनाको जोखिम नभएको हुनुपर्नेछ ।