
२०७७ साल जेठ आषाढकृष्णपक्ष २६ गते सोमवार तृतीया तिथी उत्तरषाढा नक्षत्र चन्द्रमा धनु राशिमा
मेष : पिताजी सँग मिलेर गरेको काम बाट आर्थिक लाभ हुनुका साथै रोकिएको काम बन्नेछ । कतै सभा वा साहित्यक्षेत्रको कार्यक्रममा सहभागीता हुन पाइने छ । मनमा आनन्द छाउने छ ।
वृषः अचानक आर्थिक लाभको समय छ । व्यपार व्यवसायमा भने राम्रो हुदै जानुका साथै फसेको सामान वा नगद आउने छ । घर परिवारमा मन रमाउनुका साथै कतै यात्राको अवसर प्राप्त होला।
मिथुनः दाम्पत्यजीवनमा मत मतान्तर वा पुरानो समस्या थियो भने कम भएर जानुका साथै सम्बन्धमा मधुरता छाउने छ । पार्टनरसँग मिलेर गरेको व्यपारमा फाइदाको साथै धन वृद्धि हुनेछ ।
कर्कटः स्वास्थ्य समस्या थियो भने ठूलो रुप लिन सक्छ सतर्क रहनु होला । शत्रुको कारण काममा अवरोधको साथै मनमा अशान्ति हुन सक्छ । जागीरमा भने प्रसंसाको पात्र बन्न सक्नुहुनेछ ।
सिंह : लगानि गर्नु पूर्व धेरै सोचरे मात्र गर्नु होला अन्यथा समस्यामा पर्न सक्नुहुनेछ । प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समयछ । मनमा आनन्दको साथै सुख छाउनेछ ।
कन्याः कृषि क्षेत्रवाट लाभको साथै चौपायको सुख प्राप्त होला । मनमा भएको शंखा वा रिस कम भएर जानुका साथै साथी भाइसँगको सम्वन्धमा सुमधुरता छाउने छ ।
तुलाः कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै जागीरमा पदोन्नतिको सम्भावना छ । नयाँकामको अवसर प्राप्त हुन सक्छ तर पाटनरले भने काममा धोका दिने सम्भावना छ ।
वृश्चिक : अचल सम्पति किनबेचको समय छ । व्यपार वा व्यवसायवाट आर्थिक लाभ पनि हुन सक्छ । गरेको लगानिमा भने समस्या देखा पर्न सक्ला रिसलाइ कन्ट्रोल गरेर काममा जादा राम्रो हुनेछ ।
धनु : जागीर वा व्यवसायमा प्रसंसा प्राप्त हुन सक्नेछ । लगानीको साथै साथीभाइ सँगको भेटले मन रमाउने छ । तपाइको शत्रु भएका व्यक्त्तिहरुपनि मित्र बनेर आउने छन् ।
मकर : धन लाभको साथै तपाइले विश्वास गरेको व्यक्त्तिले धोका दिन सक्नेछ । रामाइलो माहोलमा जान पाउने अवसर प्राप्त होला तथा नयाँ व्यक्त्तिसँगको भेटले मन रमाउने छ ।
कुम्भ : विदेश क्षेत्रवाट लाभ प्राप्त होला नयाँ कामको अवसर प्राप्त हुन सक्ला । नयाँ काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । शत्रुको कारण भने अचल धनमा समस्या देखिने छ ।
मीन : साहित्य क्षेत्रमा मन रमाउनुका साथै नयाँ कामले गर्दा नँया साथी भाइ भेटिने छ । घर परिवारमा रमाइलो वातावरण हुनेछ भने आर्थिक समस्या भने पर्न सक्ला ।