काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका छन्।
देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।
मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए।
मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्रालयको एक सफल काम कोरोना अपडेट रहेको थियो जसलाई डा विकास देवकोटाले स्थापित गराएका थिए ।
यस्को चौतर्फी रुपमा बिरोध भइरहेको छ । काठमाडाैंका एक पत्रकार लेख्छन् , ‘उनको भद्र प्रस्तुति आमजनले रुचाएका थिए। तर, मन्त्रीले नरुचाएपछि के लाग्छ?’
“आजबाट सत्तानिकट डाक्टर प्रवक्ता बनेका छन्।
अब लुकाउनुपर्ने कुरा लुकाएर अपडेट गराइनेछ।
स्वास्थ्य मन्त्रालयलाई जोगाउँ, कोरोनाबाट त अब आफैं जोगिनेगरी सचेत हुनुपर्ने नै छ।” त्यस्तै ट्वीटरमा पनि यस्को बिरोध भइरहेकाे छ ।