
पोखरा : गण्डकी प्रदेशमा थप ३८ जनामा कोभिड–१९ संक्रमण भएको पाइएको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले आइतबार बिहान थप ३८ जना कोरोना पुष्टि भएको जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा १४, बाग्लुङमा १०, गोरखा जिल्लामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्व ४ गरी ३८ जनामा कोरोना सक्रमण देखिएको हो। उनीहरु सबै पुरुष हुन्।
सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन अस्पतालमा लैजाने तयारी भएको पनि उनले बताए।
गण्डकी प्रदेशमा हालसम्म सक्रमितको संख्या १ सय १३ पुगेको छ।