
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड १९)बाट संक्रमित भएका गुल्मीका धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कोरोना जितेका छन् ।
उनको दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि आइसोलेसनबाट डिस्चार्जको तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
उनी संक्रमित भएपछि विज्ञप्ती नै निकालेर उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए ।
जस्काे कारण उनलाई सबैलाई समर्थन र माया गरेका थिए ।
आफुलाई कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेकाले अस्पताल नगई कोठामा नै आइसोलेसनमा बसी कोरोनालाई जितेको पोखरेलले बताए।
१२ दिनको सेल्फ आइसोलेसनले खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उनले यसबीचमा अध्ययनलाई आफुले विशेष प्राथमिकता दिएको जानकारी दिए ।
सेल्फ आइसोलेसनमा बसेमा तनाब पनि नहुने रहेछ
“मलाई कुनै पनि औषधि लिन परेन, दिनको तीनपटक आफैले ज्वरो नाँपे,बिहान नियमित योग गरेँ, तातोपानी, तुलसी–पुदिना पानी, जीरापानी, बेसारपानी कागती खाएर आफ्नो स्वास्थ्यलाई बलियो बनाँए,अध्ययन गरेँ,” उनले भने । मलाई जस्तै कुनै पनि लक्षण नदेखिएका संक्रमितहरु अस्पतालभन्दा पनि सेल्फ आइसोलेसनमा बसेमा उत्तम हुने मेरो अनुभव रह्यो अध्यक्ष पोखरेलले भन्नुभयो सावधानी अपनाएर सेल्फ आइसोलेसनमा बसेमा तनाब पनि नहुने रहेछ ।
बृद्द–बृद्दा, दीर्घ रोगीहरुलाई अस्पतालको सेवा आवश्यक पर्ने उनले बताए । अध्यक्ष पोखरेलले भोलि आइसोलेसनबाट निस्किएपछि ७ दिन होम क्वारेन्टाइन बसी पुनः कोरोना विरुद्दको अभियानमा लाग्ने बताए । क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका कोरोनाविरुद्दको अभियानमा सहभागी हुदाँ उनलाई कोरोना देखिएको थियो ।