
नेपालगञ्ज । बाँके बर्दियाका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गर्दे बाँके र बर्दियाका ४० जनाका कोरोना स.क्रमण रहेको पुष्टि गरेको छ ।
अस्पतालका अनुसार नेपालगञ्ज–१ का १ जना, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का ७ जना र वडा नं–५ का १ जना, बैजनाथ गाउँपालिका वडा न–२ का १ जना र वडा न–६ का २ जना रहेका छन् ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का १ जना, ६ का १ र ९ का ३ जना, बढैयाताल गाउँपालिका–६ का १ जना र ७ का २ जना, गुलरिया नगरपालिकाका–३ का ९ जना, ६ का १ जना र १० का १ जना, मधुवन नगरपालिका–२ का २ जना र ५ का २ जना र राजापुर नगरपालिका–८ का २ जना र १० का ३ जना रहेका छन् । भेटिएका संक्रमितहरुमा ३ जना महिला ३७ जना पुरुष रहेका छन् ।
जेठ २४, २०७७
आज पहिचान भएका COVID-19 संक्रमितहरु
जम्मा संख्या – ४०Posted by Bheri Hospital on Saturday, June 6, 2020