स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम पाण्डेय मृत अवस्थामा फेला परेकाहुन् ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने साउन्दीमा उनी मृत अवस्थामा फेला परेका हुन् ।
उनको सब सडकबाट ३ सय मिटर तल भीरमा अड्किएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले पाण्डे पिकनिक खाएर फर्कने क्रममा भीरबाट लडेको हुन सक्ने अनुमान् गरेको छ ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए ।
अहिले बन्दाबन्दीको अवस्थामा फुर्सद भएपछि गाउँघरतिरका मान्छेहरु वनभोज खान जान थालेका छन् । केही समयअगाडी बाग्लुङ्गको जैमिनी नगरपालिकाका बासिन्दाहरु पनि बन्दाबन्दीको समयमा हुल बाँधेर बनभोज खान गएको समाचार प्राप्त भएको थियो