
काभ्रे । काभ्रेको नालामा रहेको उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको छ । घटना हो बुधबारको ।
बुधबार बिहान पौने ७ बजे मन्दिरमा महिला रोएको आवाज सुनिएको र उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए ।
भगवती माईको शीलामा पसिना आउनुलाई अनिष्टको पूर्व संकेतको रुपमा लिइदै आइएको छ । भगवती माईको शीलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पूजा गर्ने चलन रहेको छ ।