
ग्याँस लिक भई घाईते भएका दुई ब्यक्तिको उपचारका क्रममा मंगलबार निधन भएको छ ।
किर्तिपुर अस्पतालमा एकै परिवारका पाँच जनाको उपचार भईरहेको थियो ।
जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा बस्दै आएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भई दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेका पाँच मध्ये दुईको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको आफन्त जेनिस लामालाई उद्धित गर्दै टाईम्स अफ नेपालले बताएको छ ।
निधन हुनेहरुमा १६ बर्षिय आयुष शाह ठकुरी र २६ बर्षिय रुकेश भनिने शुशिल ठकुरी शाह हुनुहुन्छ ।
आर्थिक अवस्था कमजोर भएका ठकुरीको परिवारको उपचारमा दैनीक ३ लाख भन्दा धेरै औषधी उपचारका लागि खर्च भएको छ ।
उक्त रकम जुटाउन नसक्दा उपचारमा समस्या त छँदैछ अर्काे तिर परिवारका दुई सदस्य गुमाउँदा थप पीडा थपिएको छ ।
ठकृरी परिवारले विषम परिस्थितीमा भएको उक्त घटनामा घाईते हुनेहरुको उपचारका लागि सहयोगका लागि सरकारसँग अनुरोध गरेका छन् ।
घाईतेहरु पुरै जलेको अवस्थामा थिए ।
उनिहरुको फोक्सोमा ग्याँस पसी असर पु¥याएकाले उपचार सम्भव नभएको अस्पतालले जानकारी दिएको छ ।