
अपडेट : बिहान ७:३०
बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए
यसअगाडीको समाचार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ ।
भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएकाे छ ।
ना ५ ख ५९९५ नम्बरको साे यात्रुबाहक फोर्स नामक मिनीबस आइतबार राति अगैया नजिकैको जंगलमा बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएकाे थियाे । दुर्घटनामा कम्तीमा ११ जनाको मुत्यु भएको बताइएकाे छ भने २२ जना गम्भीर घाइते भएका छन् ।
अहिले घाइतेहरूकाे नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भैरहेकाे अस्पताल श्राेतले जनाएकाे छ । मृतक ११ जनाको शव भेरीमा ल्याइएको छ ।

मुत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
भारतमा रोजगारी गर्न गएका नेपालीहरु उक्त दुर्घटनामा परेको बताइएको छ ।
कोरोनाले गर्दा भारतमा बस्न गाह्रो भएपछि ती नेपालीहरु आफ्नै देश आउने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका सम्पूर्णमा भावपूर्ण श्रद्धान्जली दिँदै मृतक आत्माको चिरशान्तिको कामना गर्दछ केटीएम दैनिक परिवार ।