
सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालका अनुसार १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भई घर फर्किएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलालाई सास फेर्न गाह्रो भएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएपछि उनको अवस्था खराब बन्दै गएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो ।
अस्पतालमै उपचारको क्रममा ती महिलाको निधन भएको हो ।
श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर पीसीआर परीक्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पिसिआर परीक्षण गर्दा उनको स्वाब परीक्षणको नजिता पोजेटिभ आएको थियो।
धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।
विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ आउने सम्भावना हुन्छ।
निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ।
अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ।
पुष्टि हुन बाँकी स्वास्थ्य मन्त्रालय
धुलिखेल अस्पतालमा निधन भएको महिलाको कारण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको कोरोनाको कारण निधन भएको भन्दै समाचार प्रकाशित भैरहँदा मन्त्रालयले कारण पुष्टि नभएको बताएको हो । मन्त्रालयका भन्छन् हामीले यसबारे अध्ययन गरिरहेका छौं । अन्तिम नतिजामा पुगेपछि सार्वजनिक गर्नेछौं ।
बैशाख २३ गते महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उक्त महिलाले बैशाख २४ गते सुत्केरी भएकी थिइन् ।
बैशाख २५ गते घरपुगेपछि उनीमा स्वास्प्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गर्न लगिएको थियो ।
सम्स्या झन् झटिल बन्दै गएपछि काभ्रेको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा निधन भएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बताएतापिन धुलिखेल अस्पताल स्रोतले भने उनको उपचारको क्रममा निधन भएको र आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा पोजेटिभ देखिएको बताएको छ ।
अस्पताल स्रोत भन्छ “भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो” ।