काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।
कोरोनाको पनि उपचार हुने गरी तोकिएको धुलिखेल अस्पतालमा उनको बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले पुष्टि गरे।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया उनको मृत्युको कारण भने खुलेको छैन। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै धुलिखेल अस्पताल ल्याइएको थियो।
उनको अस्पतालमा मृत्यु भएको धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठले पनि पुष्टि गरे।
“हामीले मृत्यु भएकी महिलाको कोराना परीक्षण पनि गरिरहेका छौंं,” उनले भने, “दिउँसोसम्म रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन गर्न सकिन्छ।”
उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।