
काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाकाले गरेकाे आरडीटी परीक्षणमा फोहोरमैला उठाउने कार्यमा खटिनेसहित ३१ जना कर्मचारीमा आरडीटी परीक्षण पोजेटिभ देखिएकाे छ ।
आरडिटी पाेजेटिभ देखिएपछि ती ३१ जना कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ ।
६६४ जनामा परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिए ।
उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनले भने , “आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ ।”
यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।
कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।