
जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
आज बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद अधिकारीले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् ।
प्रजिअ रुद्र प्रसाद अधिकारीद्वारा जारी गरेको सूचना भनिएको छ ।
हाल पर्सा र बारा जिल्लामा बढ्दै गइरहेको कोरोना संक्रमित बिरामीको बढ्दै संख्यालाई मध्यनजर गर्दै पर्सा बिरगन्जबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवात जावातलाई (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैक, खाद्यान्न, दूध, पानी, ग्याँस, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधानहरु (चारपांग्रे तथा मोटरसाइकल समेत ) लाई पूर्ण रुपमा संचालन बन्देज लगाउने ।
यस जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट जारी भएका सिकिस्ता बिरामी प्रयोजन बाहेकका अन्य हस्तलिखित तथा ईपासलाई खारेज गर्ने ।
उद्योग तथा अन्य संस्था सञ्चालन गर्दा पर्सा बिरगन्जमा रहने कर्मचारी तथा कामदाहरुलाई कामकाजमा नलगाउने, सञ्चालन नै गर्नु परेमा मन्त्रालयबाट जारी मापदण्ड पूर्ण पालना गर्ने कर्मचारी कामदाहरुलाई आफ्नै होस्टल मा राख्नुपर्ने अन्य अवस्थामा संचालन गर्न नपाउने ।
भारतसँग जोडिएका सिमाना नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने ।
अत्यावश्यक कामका बाहेक अन्य कोही पनि व्यक्तिहरु घर बाहिर ननिसक्ने ।