
चीनमा एक व्यक्तिले आफ्नो आमालाई ज्युँदै पुरेका छन्। ७९ वर्षकी वृद्धा प्यारालाइजबाट ग्रस्त थिइन्।
झन् बढी हेरचाह गर्नुपर्ने समयमा ५८ वर्षका उनका छोराले आमालाई ज्युँदै पुरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
वृद्धाकी बुहारीले प्रहरीलाई यस विषयमा जानकारी दिएपछि छोरा नै अपराधी भएको पत्ता लागेको हो।
सासु आमा श्रीमानसँग बाहिर निस्किएको तर श्रीमान घर फर्कदा आमा नदेखिएपछि वृद्धाकी बुहारीले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीले अनुसन्धान गर्न थालेपछि मा थर भएका ती व्यक्तिले नै आफ्नो आमालाई खाल्डो खनेर पुरेको पत्ता लागेको हो।
तीन दिनपछि ती वृद्धाको हालै जीवितै उद्धार गरिएको छ। सांसी प्रान्तको अस्पतालमा वृद्धाको उपचार भइरहेको छ र उनको अवस्था सामान्य भएको बताइएको छ।