
भारतीय राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस भएको छ।
आइतबार दिउसो राजधानी दिल्लीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
लकडाउनका कारण घरभित्रै रहेका मानिसहरु भूकम्पको धक्कापछि घरबाहिर निस्केका छन्।
कति रेक्टर स्केलको भूकम्प गएको भन्ने पुस्टि हुन सकेको छैन। केही भारतीय मिडियाले ३.५ रेक्टर स्केल मापन गरिएको उल्लेख गरेका छन्।
लकडाउनको कारणले गर्दा घरभित्र रहेका मानिसहरु भूकम्प आएसँगै सडकभरी भएका थिए । यसले कोरोना संक्रमण फैलिने डर बढेको छ ।
https://twitter.com/LastQuake/status/1259404681052291075
https://twitter.com/JagranNews/status/1259401746633220097