
२०२० मा एउटा अदृश्य राक्षस आऊँछ भनेर कसलाई थाहा थियो र ?
छुट्टिहरु त छन तर मनाउन मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
आइसक्रीमको मौसम त छ, तर खान मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
बाटो खुल्ला त छ तर कतै जान मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
टाढा रहेका आफन्तहरु लाई बोलाउन मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
नजिक रहेकाहरु सँग हात मिलाउन मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
घर फर्किन चाहनेहरु लाई फर्किन मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
बाहिर जान चाहनेहरूलाई जान मिल्ने छैन भनेर कसलाई थाहा थियो र ?
जो सँग समय बिताउन चाहन्थ्यों तिनिहरू बाटै बोर हुनु पर्ला भनेर कसलाई थाहा थियो र ?
मिति के हो, बार के हो बिर्सी जाऊंला भनेर कसलाई थाहा थियो र ?
क्यालेन्डरहरू अर्थहीन हुनेछन, दिन र रात मात्रै बिताउनु छ भनेर कसलाई थाहा थियो र ?
हावा त सफा र शुद्ध हुनेछ तर शान्तिको सास फेर्न गार्हो हुनेछ भनेर कसलाई थाहा थियो र ?
कहिले भान्सा भित्र न पसेको मान्छे ले पनि एक दिन कुनै “डिश” बनाउला भनेर कसलाई थाहा थियो र ?
बिहान नुहाई धुआई गरेर पनि सुत्नु पर्छ भनेर कसलाई थाहा थियो र ?
सुतेर उठ्दा दिनको सुताई थियो कि रातको, याद गर्नु पर्ला भनेर कसलाई थाहा थियो र ?
दिन भरी दुई चार वटा कामहरुलाई मात्र दोहोर्याई रहनु पर्ला भनेर कसलाई थाहा थियो र ?
घरमा पान्ग्रे राखेकाहरुले एक दिन खुट्टाले पनि हिन्न पाईने हैन भनेर कसलाई थाहा थियो र ?
म ठुलो म ठुलो भन्ने राष्ट्रहरु पनि त्यति ठुला रहेन छन भनेर कसलाई थाहा थियो र ?
न देखिने एउटा फुच्चे भाईरसले पनि एक दिन संसार हल्लाई देला भनेर कसलाई थाहा थियो र ?
दीपक बडुवाल
सुर्खेत