
बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए। नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। थपिएका सबै एउटै परिवारका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
मेयर सरावगीका अनुसार आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन्। ती पुरुष महानगरका कर्मचारी पनि हुन्।
‘उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ। तर त्यसमा को-को हुनुहुन्छ भन्ने कुरा खुल्न बाँकी छ।,’ उनले भने।
सक्रमितकाे २ महिने शिशुमा काेराेना संक्रमण भेटिएकाे हो । दिउँसाे ४ बजेर १५ मिनेटमा आउने नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त्त कुरा बताएका हुन् । उनी सँगै नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
पुन: कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलाका ५८ वर्षीया पुरुषमा फलोअप परीक्षणमा पुनः कोरोना संक्रमण देखिएको बताए ।
उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरीएको छ । यस्तै बैशाख १९ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीया पुरुष र पर्साका ४४ वर्षीया पुरुषको पनि फलोअप टेष्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर देवकोटाको भनाइ छ ।
उनीहरुलाई पनि अहिले नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता डा देवकोटाले बताए ।
उनले कोशी अस्पतालमा ६जना निको भएर घर फर्किएको बताए । यो सँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या २२ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार देशभर कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका सबै गरी १ सय ३६जना देशभरका अस्पतालमा आइसोलेसनमा रहेकाक छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा नमूना परीक्षण गरीएको छ ।