
काठमाडौं । काठमाडौमा कोरोना संक्रमण निको भएका काठमाडौंंमा एक र वीरगञ्जमा दुई जनामा पुन संक्रमण भएको पाइएको छ ।काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण भई पाटन अस्पतालमा डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता पछि परीक्षण गर्दा पुनः संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
उनले वीरगञ्जमा पुन संक्रमण देखिएका दुई जनलाइ आइसोलेशनमा राखिएको बताए । उनहरुलाई फेरी कोरोना पोजेटिभ देखा परेपछि बैशाख २० गते शनिवार राति नारायणी अस्पतालमा भर्ना भएका हुन् ।बैशाख १ गते कोरोना पोजेटिभ देखा परेपछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते निगेटिभ भएको पुष्टि गरेको थियो । वैशाख २ गते पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको थिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । उनको फलोअप आउँदा पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो । नेपालमा कोरोना मुक्त भएर घर गएका व्यक्तिमा पुन परीक्षण गर्दा पोजेटिभ देखिएको यो पहिलो केस भने होइन् । विश्व स्वास्थ्य संगठनले यसअगाडी नै संक्रमित व्यक्तिहरुमा पुन कोरोनाको लक्षण देखिन सक्ने बताएको थियो । नेपालमा मात्र होइन अन्य देशहरुमा पनि यस्ता केसहरु बाहिर आइरहेका छन्