
काठमाडौँ – कोरोना भाइरसका कारण साउदी एक नेपालीको निधन भएको छ । निधन हुनेमा लिलामान कटुवाल रहेका छन्। उनको साउदीमा कोरोनाका कारण निधन भएको हो । इटहरी(५ का लिलामान कटुवाललाई दुई हप्ता अगाडी कोरोना संक्रमण थियो ।
साउदीमा रहँदा कोरोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए। १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए। त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।
त्यसपछि परिवारले सोधखोज गर्ने क्रममा निधन भइसकेको थियो । । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्। अहिले उनको शव नेपाल ल्याउन समस्या भएको छ । कोरोनाका कारण शव नेपाल ल्याउन समस्या भएको हो । शव ल्याउन नमिल्ने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको छ।