
रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले देहत्याग गरेका छन् । ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो देहत्याग गरेका हुन् । नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डि’प्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।
शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए । कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर देहत्याग गरेका छन् ।
कार्यकाल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिए भने दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए । घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडेका थिए ।
उनले नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले अनि बचाउन नसकेको लेखेका छन् । नोटमा कम्पनीका सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । यो समाचार फोजिकोरियामा प्रकासित छ ।