
पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ ।
तामाङ कृषि मजुदरका रुपमा काम गर्थे । सहकर्मीका अनुसार उनी कार्यस्थलमै रहेको शौचालयमा गएका थिए । शौचालयबाट उठ्ने क्रममा रिङ्गटा लागेर ढुङ्गामा ठो’क्किएर प’ल्टिन पुग्दा नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए। घटना लगत्तै सहकर्मीले उनलाई उद्दार गरेर एन्बुलेन्सलाई बोलाइएको थियो । तर एम्बुलेन्स घटनास्थलसम्म आइपुग्न ३० मिनेट भन्दा बढी समय लागेको थियो । उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।