
भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।
यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।
नेपालमा बैशाख २५ सम्म लकडाउन गरिएको छ । सो समय पुरा भएपछि भारतकै हाराहारीमा लकडाउन गरिन्छ वा खोलिन्छ भन्ने कुरा अहिले नै निर्णय भइसकेको छैन ।
खुल्ला सिमानाका कारणले भारतले लकडाउन बढाएसँगै नेपालमा पनि लकडाउन बढ्ने निश्चित प्राय छ । सुरुवाती दिनहरुमा लकडाउनलाइ राम्रोसँग पालना गरेका नेपालीहरुले अहिले भने लकडाउनको उल्लघन गरिरहेका समाचार प्रकाशित भएका छन् ।
शहर होस् वा गाउँ बिहान र बेलुकाको समयमा मानिसहरुको भिड बाटोमा देख्न सकिन्छ । नेपालमा संक्रमितको संख्या खासै नबढ्नू र कोरोना भाइरसले अहिलेसम्म नेपालमा कुनै पनि मानिसको ज्यान नलिएको हुनाले आम मानिसहरुले लकडाउनलाई सहज रुपमा लिँदै यसको उल्लघङ्गनमा लागेको सामाजिक विज्ञानका विज्ञहरु बताउँछन् ।
चिकित्सकहरु भने अहिले लकडाउनको उल्लघङ्गले भविष्यमा ठुलो खतरा निम्ताउने सक्ने हुँदा सबैले राम्रोसँग लकडाउनको पालना गर्न सुझाव दिँदै आएका छन् ।