
बाँकेका एक सय ६१ जना, दाङ र बाँकेका विभिन्न आइसोलेशनमा उपचार गराइरहेका छन।
बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जना कोरोना संक्रमित दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
बाँकेमा ११ वटा आइसोलेशन अस्पताल तयार भएका छन्। खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन र कृषि तालिम केन्द्रमा आइसोलेशन बनाइएको छ।
नेपालगन्जको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन बनाइएको छ। यहाँ २३ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन्। कोहलपुर नगरपालिका–९, पिपरीस्थित कृषि विकास बैंक तालिम केन्द्रलाई पनि आइसोलेशन अस्पताल बनाइएको छ। त्यहाँ ४१ जना उपचाररत छन् । कृषि तालिम केन्द्र, खजुराको आइसोलेशनमा ३९ जना छन्। श्रेष्ठकाअनुसार, राप्तीसोनारीको आइसोलेशनमा ११ जना, डुडुवा गाउँपालिकाको आइसोलेशनमा १८ जना, बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा सात जना कोरोना संक्रमित रहेका छन्।
उनले क्यान्सर अस्पतालको विशेष कोरोना अस्पतालमा उपचाररत २६ जना निको भएर घर फर्किएका छन्। कोरोनालाई जितेर बेलझुण्डी आइसोलेशनबाट तीन जना गरि २९ जना घर फर्किका छन्। यी मध्ये एक जना बर्दियाका भएको श्रेष्ठले बताए। उनले बाँकेका विभिन्न अस्पताल, विद्यालय र तालिम केन्द्रमा तीन सय ३६ वटा आइसोलेशन बेड भएको बताए। यहाँ कोरोना संक्रमितका लागि ५३ वटामात्र आइसियू वेड र २१ वटा भेन्टीलेटर भएको उनले स्पष्ट पारे।