
धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि महिलाका श्रीमान्, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।
स्थानीयका अनुसार परिवारमा समय–समयमा कलह भइरहेने गरेको थियो । उनको माइती घर कैलालीको पहलमानपुर हो । मृतक महिलाको झण्डै डेढ वर्षको छोरा छ । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
परिवारहरुको संलग्तामा ह त्या भएको भन्दै किटानी जाहेरी दिने तयारी भएका मृतक महिलाका बुबा मोहनराज जैशीले जानकारी दिए । ‘मेरो छोरीको देहत्याग होइन, ह त्या नै भएको हो’, जैशीले भने, ‘दोषीलाई कार्यवाही हुनुपर्छ ।’