
काठमाडौं- शनिबार थप १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
शनिबार थप १३ जना संक्रमण मुक्त भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।
काठमाडौं सहित देशका विभिन्न स्थानका अस्तपालमा रहेका उनीहरू निको भएर घर फर्किएका हुन्।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
शनिबार नेपालका विभिन्न जिल्लाका १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनिहरू सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ।
नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।
संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पुगेको छ ।