काठमाडौं- २०६ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
आजसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिचम प्रदेशमा ५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
वितेको २४ घन्टामा १९ जना सङक्रमितहरु निको भएर घर फर्केका छन् ।
काठमाडौंको टेकुबाट २ जना पाटन अस्पतालमा ७ जना बलम्बु अस्पतालबाट २ जना र दाङ्गबाट ८ जना गरेर १९ जना निको भएर घर फर्केका हुन् ।
प्रदेश अन्तरगत हेर्दा प्रदेश १ मा ३० जना प्रदेश २ मा १०२ जना बाग्मति प्रदेशमा २० जना गण्डकी प्रदेशमा २ जना प्रदेश ५ मा ४७ जना र कर्णाली प्रदेशमा ५ जना निको भएर फर्केका छन् ।
त्यस्तै विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा झापा जिल्लाका २७ जनामा संक्रमण पुष्टि भएको छ ।तिनिहरुमध्ये २४ जना झापा कचनकवलका हुने भने ३ जना प्यारिभिट्टाका हुन् ।
नारायणी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण देखिएको छ । उनीहरु बारा जिल्लाका ४ जना र पर्सा जिल्लाका ५ जना रहेका छन् ।
ललितपुरको पाटन अस्पतालमा गरिएको परिक्षणमा सर्लाही घर भइ पाटन अस्पतालमा कार्यरत ३५ वर्षिया महिलालाई कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै गण्डकी अस्पतालमा गरिएको परिक्षणमा म्याग्दीका १ जनामा संक्रमणको पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका १० जनामा कोरोना पोजेटिभ आएको छ ।
रुपन्देहीमा गरिएको परिक्षणमा १६ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये १५ जना कपिलवस्तु जिल्लाका हुन् भने १ जना रुपन्देहीका रहका छन् ।
त्यस्तै दाङ्गमा गरिएको परिक्षणमा ११ जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरु दाङ जिल्लाका २ जना र कपिलवस्तुका ९ जना रहेका छन् ।