
नेपालमा कोरोना संक्रमितकाे संख्या १ हजार नाघेकाे छ ।
नेपालमा बिहीबार १५६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २ जनामा संक्रमण देखिएको छ । उनीहरु दुवै सप्तरी जिल्लाका हुन् । त्यस्तै विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा झापा जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा गरिएको परिक्षणमा नवलपुरका १ व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा संक्रमण भेटिएको छ । तिनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना ।
सुर्खेतको प्रादेशिक अस्पतालमा २३ जनाको नतिजा पोजेटिभ आएको छ । जसमा सुर्खेतका १३ जना र बझाङ्गका १ जना, दैलेखका ८ जना र एकजना बोल्न नसक्ने महिला भएको खुलेको छ ।
त्यस्तै गण्डकी अस्पतालमा गरिएको परिक्षणमा स्याङ्गजाका ३ जनामा संक्रमणको पुष्टि भएको छ ।
सेती अस्पतालको प्रयोगशालामा ३ जना को नतिजा पोजेटिभ आएको छ । उनीहरु दार्चुलाका १ जना पुरुष र कैलालीका २ जना पुरुष हुन् ।
त्यस्तै गरी किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा मकवानपुरका १ जना ५० वर्षिय पुरुषमामा संक्रमण देखिएको छ ।
त्यस्तै भेरी अञ्जल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना पुरुषको नतिजा पोजेटिभ आएको छ । उनीहरु बर्दियाका ३ जना र बाँकेका १ जना रहेका छन् ।
धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा रौतहट जिल्लाका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। ती मध्ये ९४० पुरुष र १०२ जना महिला रहेका छन् । अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।
पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो।
अहिलेसम्म १८७ जनाले कोरोना विरुद्धको लडाइ जितेर निको भइ घर फर्किसकेका छन् ।
जसमध्ये पछिल्लो समय नारायणी अञ्चल अस्पतालबाट पर्सा जिल्लाका ४ जना निको भएर फर्केका हुन् ।
१८७ जना निको हुँदा पुरुषको सङख्या १४४ पुगेको छ भने महिलाको सङख्या ४३ पुगेको छ । जसमध्ये केही नाबालकहरु पनि छन् ।