
पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति , तीनजना नागरिक रााशीको बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकप्टर जान सकेन।बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गरौ।”
नेपालमा अहिले प्रि मनसुन चलिरहेको छ । मौसम बिभागले पटक पटक बुलेटिन निकाल्दै सचेत रहन आग्रह गरिरहेको छ ।
बुधबार बिहान ३ दिनको बुलेटिन निकालेर सचेत रहन आग्रह गरेको थियो ।
प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।’
अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ ।
भिडियोमा हेर्नुहाेस यस्ताे छ अबस्था
आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन्न अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयाै राेपनीमा लगाईएकाे खेती र जमीन ध्वस्त,तीनपुल बगायाे,कराेडाैकाे भाैतिक क्षति, तीनजना नागरिक राेशीकाे बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकाेप्टर जान सकेन।बाढीमा फसेकाकाे जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गराै।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 27, 2020
दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।