
सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो।
मन्त्रालयले नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएका कारण पूर्वनिर्धारित बिदा अब सोमबारका हुने आफ्नो विज्ञप्तिमा उल्लेख छ।