पूर्वयुवराज पारस शाहको गाडीले पोखराको पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको छ । शनिबार बिहान २ बजेको समयमा सडकमा रहेको गोरुलाई ठक्कर दिँदा गोरु मरे पनि गाडी र गाडीमा सवार सबै सकुसल रहेका छन् ।
केही दिनदेखि पोखरामा रहेर लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरणलगायतका सहयोग गर्दै आएका पारस शाह अस्वस्थ भएर उपचारका लागि अस्पताल जाँदै गरेको अवस्थामा दुर्घटना भएको बताइएको छ ।
पारस चढेको बा १४ च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले बताए । गाडीमा पारससहित ३ जना सवार रहेको र गाडी अशोक गुरुङले हाँकेको उनले बताए ।
पारसको उपचारका लागि अस्पताल जाने क्रममा दुर्घटना भएको डिएसपी यादवको भनाइ छ । चालकले दुर्घटना गराएकोले यात्रुबारेमा खासै प्रहरीले चासो नदिएको उनले बताए । दुर्घटनापछि चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।