
२०७७ साल जेठ कृष्ण्पक्ष १० गते शनिवार प्रतिपादा तिथि रोहिणी नक्षत्र चन्द्रमा बृष राशिमा ।
मेष राशि : अचल सम्पत्तिको कारोबार हुन सक्ने छ भने आउदै गरेको सम्पत्ति कतै रोकिने सम्भावना छ । टाउको वा दाँतको समस्याले सताउन सक्नेछ ।
वृष राशि : गरेको काममा सफलता प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनसक्छ । व्यापार व्यवसाय बाट राम्रो लाभ प्राप्त हुनेछ ।
मिथुन राशि : शत्रुपारास्थ हुनुका साथै गरेको काममा सफलता हातपर्ने छ । विदेश सँग रिलेटेट काम गर्दा राम्रो हुने देखिन्छ ।
कर्कट राशि : काममा वाधा आउनुका साथै पाटनरले काममा धोका दिन सक्नेछन् । सरकारी क्षेत्र र व्यपारबाट भने लाभ मिल्नेछ । आयआर्जनको समय छ ।
सिंह राशि : पिताजीसँग मिलेर गरेको काममा समस्याहरु देखा पर्न सक्नेछन् । भाग्यमा वृद्धि हुनेछ । रोकिएको धन वा वस्तु प्राप्त हुने देखिन्छ ।
कन्या राशि : चोटपटकको सम्भावना छ विचार गर्नुहोला । बोलीमा मिठासपन बढ्नाले तपाईको चौतर्फी प्रसंसा हुनेछ । लाभको समय छ ।
तुला राशि : दाम्पत्य जीवनमा मधुरता छाउनुका सथै कुनै विवाद थियो भने कम भएर जानेछ । व्यपारमा भएको समस्या यथावत्नै रहने देखिन्छ ।
वृश्चिक राशि : घर परिवारको सुख पाउने समय छ । प्रेमी वा प्रेमिका सँगको सम्वन्ध राम्रो भएर जानुका साथै मधुरता छाउने छ । रोकिएको काम बन्नेछ । विदेशि काम वाट लाभ लिन सकिन्छ ।
धनु राशि: शत्रु वृद्धि हुनुका साथै शत्रुको कारण महत्वपूर्ण काम विग्रने देखिन्छ । जागिरवाट लाभको समय छ तथा बढोत्तरीको सम्भावना पनि देखिन्छ ।
मकर राशि : धन आगमन हुनुका साथै धन आउने नयाँ बाटो भेट्ने योग छ । सन्तान सुखका साथै घर परिवारको क्षेत्रवाट लाभ प्राप्त हुनेछ ।
कुम्भ राशि : माताको सुख आनन्द प्राप्त हुने देखिन्छ । घर परिवार तथा धनको क्षेत्रलाइ लिएर मनमा सन्तोष हुनेछ । लाभको लागि राम्रो समय छ । स्वाथ्यमा भने सामान्य समस्या हुन सक्छ ।
मीन राशि : सामान्य मेहिनत गर्दा पनि ठुलो लाभ प्राप्त हुन सक्नेछ । जागिर व्यपार व्यवसायबाट लाभ हुनुको साथै रोकिएको धन प्राप्तहुनेछ ।