
विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस कोभिड १९ महामारी पहिलोपटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का एक चिकित्सकमा देखिएको छ ।
ती चिकित्सको ठेगना ललितपुर राखिएको छ । उनको व्यक्तिगत विवरण गोप्य राखिएको छ ।
महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो ।
महाशाखाभित्र अहिले झण्डै सय हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन् ।
एक जनामा कोरोना देखिएपछि अहिले सँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ ।
स्रोतका अनुसार आज कतै होटलमा क्वारेन्टाइनमा राखेर भोली पिसिआर जाँच गरेपछि मात्रै थप कदम चाल्नुपर्ने काममा खटिएकाहरुका माग छ ।
अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि २ हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भएपनि पालना नगर्दा समस्या आएको गुनासो चिकित्सकहरुको छ ।
स्वास्थ्य मन्त्रालयले अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ सहित १३ जिल्लामा २७ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो ।
तीमध्ये काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको विवरण सार्वजनिक भएको थियो ।
यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन।
मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।
र यो पनि पढ्नुहोस्
संक्रमित ४०२ पुग्दा कुन जिल्लामा कति संक्रमित ? (तालिकासहित)